• vacancy ad
  • उदाहरणीय दम्पती : परोपकारी कर्म, सामाजिक रुपान्तरणको अभियान !

  • Ad Space available
  • टोपलाल अर्याल,गुल्मी । चर्चित युटुवर तथा संचारकर्मी मोहन बस्नेतले केहि समय पहिले सुटुक्क बिहे गरे । बिहेलाई सहकर्मी शुभचिन्तकलले आश्चर्य पनि माने । तर, बस्नेतले बिहेको खर्चलाई सामाजिक काममा खर्च गर्ने घोषणासहित सामाजिक संजालबाट बिहेमा तामझाम गर्न नसकेकोमा क्षमायाचना गरे ।

    उनी बिहेपछि श्रीमति बोकेर हनिमुन मनाउन पोखरा गएनन् । बरु कपडा, खाद्यान्य र नगद बोकेर गुल्मी, बाग्लुङ्ग र रुकुम पश्चिमका बिपन्न बस्तीहरुमा पुगे । गरिव परिवारका आँसु पुछे, संगै खाए र संगै रमाए । गाउँबाट फर्किएपछि शनिबार आफ्नै गाउँमा बिशेषज्ञसहितको स्वास्थ्य शिविरको आयोजना गरे ।

    ad space

    शिविरमा बस्नेतको जोडीले आर्शिवाद र करिव चार सय नागरिकले सेवा पाए । उनको कदमले भड्किलो बिहेलाई निरुत्साहित गर्न मलजल गर्‍यो । रेसुंगा नगरपालिका-३ की ७७ बर्षीया पम्फी विश्कर्मा शिविरमा खुसी थिइन् । उनी सुगर र प्रेसरका कारण शिविरमा आएकी थिइन् । विश्वकर्मा आफ्नै घरछेउँमा बिशेषज्ञ डाक्टरबाट निशुल्क चेकजाँच र औषधी पाएपछि उत्साहित नहुने कुरै भएन । ‘नेताले चुनावपछि गरिव र रोगी मान्छे हेर्दा रहेन्छन् । गाउँकै बाबुले शिविर ल्याएर डाक्टर देख्न र औषधी खान पायौँ,’उनले भनिन,‘जोडीलाई हाम्रो आर्शिवाद लागोस् ।’

    बिहे भोजको भड्किलो संस्कारलाई चर्तित युटुवर तथा संचारकर्मी मोहन बस्नेतले रुपान्तरण गरे । उनले पछिल्लो दशक परोपकारी कर्म मात्रै गरेनन्, बिहे भोजको खर्च कटाएर फरक क्षमताका बिद्यार्थीलाई न्यानो र गाउँलेहरुलाई उपचारका लागि निशुल्क शिविर आयोजना गरे । यो कामले बिहेमा देखाउनकै लागि करौडो स्वाहा गर्ने र त्यति क्रृण तिर्न घरखेत बेचेर परदेश पस्नेहरुलाई सोँच्न बाध्य बनाएको छ ।

    रेसुंगा नगरपालिका-३ की ६९ बर्षीया गनकला कुवंरले पनि शिविरमा स्वास्थ्य परिक्षण गराइन् । उनलाई मुटु र दमको समस्याले तम्घास र पाल्पा धेरै पटक पुग्नु पर्‍यो । बाहिर जाँदा शरिरलाई कष्ट र पैसा खर्च उस्तै । त्यसैले पनि कैयौले घरमै रोग लुकाएर बस्दा ज्याननै जोखिममा पर्ने गरेको छ । भाडगाउँकै ७० बर्षीय टीका बहादुर खत्री र श्रीमति ६४ बर्षीया परसुता खत्री पनि शिविरमा औषधीकै प्रतिक्षामा थिए ।

    टीका बहादुरलाई ९ बर्षदेखि दमको समस्या छ । श्रीमति परसुता मृगौला पीडित हुन् । दुवै जना बिमारको फलोअप गर्न पाल्पा र बुटवल पुग्थे । तर, गाउँमै निशुल्क शिविर संचालन भएपछि ठुलो राहत भयो । ‘बुढाबुढीनै बिमारी खर्चमाथि खर्च छ । पाल्पा वुटवल जान थोरै खर्चले हुँदैन,’टीका बहादुरले भने,‘घरछेउँमै डाक्टर भेट्दा खुसी भयौँ ।’ ६३ बर्षीय मेरसिह कुमाल पनि खुट्टा दुख्ने समस्याले पीडित भएपछि शिविरमा आए ।

    डाक्टरको उचित सल्लाह र चेकजाँचले खुसीका साथ घर फर्किए । यी सवै प्रतिनिधी पात्र हुन् । रेसुंगा नगरपालिका ३ को भाडगाउँमा संचालित निशुल्क स्वास्थ्य शिविरमा करिब चार सय जनाले ओपिडी सेवा लिएका छन् । ४९ जनाको भिडियो एक्सरे, २० जनाको इसिजी, एक सय आठ जनाको सुगर जाँच, ४३ जनाको युरिक एसिड जाँच, २२ जनाको पिसाव जाँच र ६५ जना विद्यार्थीको रक्त समुह परिक्षण गरिएको शिविरको प्राविधिक पक्षको व्यावस्थापन गरिरहेका सामाजिक अभियान्ता भरतजंग क्षेत्रीले जानकारी दिए ।

    ६५ जना बिद्यार्थीहरुको पनि रगतको समुह परिक्षण गरिएको छ । शिविरमा लुिम्बनी प्रादेशिक अस्पताल बुटवलका स्त्रीरोग बिशेषज्ञ डाक्टर नविन तिवारी, कन्सल्टेन फिजिसियन डाक्टर शम्भु खनाल, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर रमेश अर्याल र टाउको तथा मनोरोग बिशेषज्ञ डाक्टर आशिम रेग्मी सहितका डाक्टरहरुले शिविरमा सेवा प्रदान गरेका थिए । शिविरमा आएका बिरामीहरुमा सवैभन्दा धेरै सुगर, प्रेसर र मानसिक समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका कन्सल्टेण्ट फिजिसियन डाक्टर शम्भु खनालले जानकारी दिए । ‘शिविर आयोजनाको पवित्र उदेश्य र व्यावस्थापकीय पक्ष निकै राम्रो लाग्यो । बिरामीहरुमा सुगर, प्रेसर र मानसिक जस्ता राष्ट्रिय समस्या देखिए,’उनले भने,’अत्यधिक रक्तचाप भएका व्यक्ति पनि बिना औषधी र उपचार हिडिरहेको बिडम्बना पत्ता लाग्यो ।’ उनले हरेक गाउँमा स्वास्थ्य सचेतनाको कमी रहेको बताए ।

    गाउँमै निशुल्क स्वास्थ्य शिविर हुने भएपछि स्थानीय पनि खुसी थिए । भाडगाउँको नजिकै तम्घासका स्वास्थ्य संस्थाहरुको पहुँच भएपनि बिशेषज्ञसहितको उपचार पाउन पाल्पा वुटवल पुग्नुपर्ने बाध्यता छ । जसका कारण घरछेउँमा निशुल्क स्वास्थ्य परिक्षण र औषधी पाउँदा गरिव तथा विपन्न परिवारलाई ठुलो राहतको महसुस भएको रेसुंगा नगरपालिका ३ का वडाध्यक्ष बाबुराम खत्रीले बताए । उनले गाउँमा परोपकार र सदाचार हराउँदै गइरहेका बेला मोहन बस्नेतले बिहेको खर्च कटौति गरेर आयोजना गरेको स्वास्थ्य शिविरले निकै ठुलो सामाजिक सन्देश बोकेको बताए ।

    त्यस्तै मोहन बस्नेतको परिवारले केहिदिन अघि उपल्लो तम्घास माविका २७ जना बिद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् । बिद्यालयमा बहिरा तथा सुस्तमनस्थिती भएका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । मोहनले युटुव मार्फत दर्जनौ व्यक्तिहरुका निशुल्क उपचार, बेशाहाराहरुको साथ र गरिव तथा विपन्न परिवारहरुको गासमा सहयोग गरेका छन् । उनी मिडिया अर्वाड तथा नेपाल सरकारबाट जनसेवा श्री पञ्चमबाट सम्मानित भएका छन् । ‘सानैबाट सामाजिक काममा रुची थियो । उमेरसंगै कर्महरु त्यस्तै बने,’उनले भने,‘बिहे खर्च कटाएर पनि गाउँमै केहि गर्न सक्यौँ परिवारनै खुसी छौ ।’

  • ad space
  • सिफारिस
    लोकप्रिय