• vacancy ad
  • बस दुर्घटना अपडेट : ३५ जना घाइते, चारको अवस्था गम्भीर

  • Ad Space available
  • दाङ । वनभोजका लागि बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

    दाङको अमिलिया–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर–१३ दमारगाउँ वनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटनामा परेको थियो । गम्भीर घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने ३१ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।

    accident dang 2 1
    तुलसीपुर-१३ दमारगाउँको ओरालोमा आईतबार बिहान बर्दियाको मैना पोखरबाट दंगीशरण-३ चखौरामा रहेको थारु संग्रालयमा वनभोज खानका लागि जाँदै गर्दा दुर्घटनामा परेको भे १ ख २०४१ नंं को बस। तस्बिरः कुलदीप न्यौपाने / रासस

    ४० जना सवार बस बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषक समूहबाट दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको चखौरा थारु संग्रहालयमा वनभोजका लागि आउँदै थियो । बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको पूर्वानुमान छ । बस सडकबाट खोल्सातर्फ नगएर नालातिर गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

    सिफारिस
    लोकप्रिय