• vacancy ad
  • बडिगाड गाउँपालिकाले पालिकास्तरीय परिक्षा सञ्चालन गर्ने !

  • Ad Space available
  • बागलुङको बडिगाड गाउँपालिकाले पालिका भित्र सञ्चालित विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्धेश्य सहित पालिकास्तरीय परिक्षा सञ्चालन गर्ने भएको छ ।

    यसअगाडी विद्यालयहरुले आ-आफ्नै प्रश्नपत्र तैयार गरी आफैले परिक्षा सञ्चालन गर्ने गरेको भएपनि पालिकाभर एकरुपता ल्याउन पालिकाले नै एउटै प्रश्नपत्र तैयार गर्ने र एकैसमयमा परिक्षा लिने गरी कक्षा ४-१० सम्म पालिका स्तरीय परिक्षा सञ्चालन गर्ने तैयारी गरिएको गाउँपालिकाका शिक्षा अधिकृत पूर्ण बहादुर घर्ती मगरले जानकारी दिनुभयो । आइतबार सम्पन्न प्रधानाध्यापकहरुसंग विद्यार्थी मूल्यांकन र अभिलेखिकरण विषय छलफल कार्यक्रमबाट यस्तो निणर्य गरिएको उहाँले बताउनुभयो ।

    ad space

    पालिकाभर रहेका विद्यायलहरुको शैक्षिक गुणस्तरको स्तर पत्ता लगाउने र उत्कृष्ट विद्यालय एवम् शिक्षक विद्यार्थीलाई पुरस्कृत तथा कमजोर विद्यालयलाई पृष्ठपोषण गर्ने उद्धेश्यले यस्तो निणर्य गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

    त्यस्तै बैठकले कोभिड १९ का कारण भएको शैक्षिक क्षति पुरा गर्न परिपूरण कार्यक्रम सञ्चालन गर्ने र जसबाट विद्यार्थीहरुको कमजोरी पत्ता लगाई सुधारका कार्यक्रमहरु गर्ने निणर्य भएको घर्तीले जानकारी दिनुभयो । बैठकले अर्को महत्वपूर्ण निणर्यको रुपमा विद्यालयका कम्प्यूटर शिक्षकहरुका लागि ईमिस, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कर, सञ्चय कोष लगायतका अनलाईन भुक्तानी सहजीकरणका लागि तालिम सञ्चालन गर्ने निणर्य पनि गरेको छ ।

    छलफल कार्यक्रममा पालिका भित्र रहेका ६५ वटा सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । त्यस्तै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, वडा नं ५ का वडाध्यक्ष बिष्णु प्रसाद आचार्य, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, शिक्षा अधिकृत पूर्ण बहादुर घर्ती लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण खार माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञदत्त घिमिरेले गर्नुभएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय