गुल्मी । बागलुङको बडिगाड गाउँपालिकामा जारी पाँचौ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवम् खार माध्यमिक विद्यालयको व्यवस्थापनमा गरिएको प्रतियोगीता तीन दिनसम्म सञ्चालन भएको थियो ।
पालिका भित्रका सामुदायिक र संस्थागत गरी माध्यमिक तहका १० बिद्यालय सहभागी प्रतियोगीतामा त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड-२ खर्बाङ प्रथम बनेको छ । त्रिभुवनले १० स्वणर् पदक, ६ रजत पदक र १ कास्य पदक जित्दै प्रथम बनेको हो ।
त्यस्तै दोश्रो बनेको भानु माध्यमिक विद्यालय बडिगाड ५ ले ७ स्वणर् पदक, ७ रजत पदक र ३ कास्य पदक जितेको छ । त्रिभुवन माध्यमिक विद्यालयले भने हालसम्म अविजित रुपमा प्रथम स्थान हासिल गरेको छ । हालसम्म सञ्चालित ५ ओटै प्रतियोगीतामा त्रिभुवन प्रथम बन्न सफल बनेको छ । अर्को वर्षको रनिङ शील्ड पनि प्रथम बन्न सकेमा त्रिभुवनले रनिङ शील्ड हात पार्नेछ । रनिङ शील्ड जित्नका लागि लगातार ३ वर्ष प्रतियोगीताको उपाधी जित्नुपर्ने हुन्छ ।
प्रतियोगीतामा सञ्चालित खेलमा छात्र तर्फ कबड्डी, भलिवल, १००,४००,१५०० मिटर, ४-१०० रिले दौड, उफ्रने र फ्याँक्ने हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउण्ड लगायतका प्रतियोगीताहरु सञ्चालन भएका थिए ।
त्यस्तै छात्रा तर्फ कबड्डी, भलिवल, १००,४००,१५०० मिटर, ४-१०० रिले दौड, उफ्रने र फ्याँक्ने हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउण्ड लगायतका कार्यक्रमहरु सञ्चालन भएका थिए ।



