• vacancy ad
  • बल्खु र तीनकुनेमा प्रहरीले चलायो ‘जामर भेहिकल’, लाग्न छाड्यो फोन

  • Ad Space available
  • काठमाडौं । काठमाडौंको तीनकुने र बल्खुमा प्रहरीले जामर प्रयोग गरेको छ । बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हो ।

    उता तीनकुनेमा पनि जामर भेहिकलको प्रयोग गरिएको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाइन्छ । यो प्रविधि प्रयोग गरेसँगै अहिले त्यहाँ मोबाइल नेटवर्क देखाएको छैन ।

    ad space

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ को प्रदर्शन स्थानमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ । तीनकुनेस्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ । जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय