• vacancy ad
  • रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते, दुईको अवस्था गम्भीर

  • Ad Space available
  • काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् ।
    बा.प्र.०३–००१ नम्बरको बस गए राति रुपन्देहीको देवदह नगरपालिका–८ भलुही भन्ने स्थानमा सडकबाट तल खसेको हो ।

    घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बसमा ३८ जना यात्रु सवार थिए । प्रहरीले बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ ।

    सिफारिस
    लोकप्रिय