• vacancy ad
  • पाल्पामा दोस्रो सराई सास्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव संचालन हुने

  • Ad Space available
  • गोविन्द भुसाल, बुटवल । सराई युवा क्लबको आयोजनामा दोस्रो सराई सास्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० संचालन हुने भएको छ ।

    पाल्पा जिल्लाको कला सस्कृतीलाई जगेर्ना गरि कृषि र पर्यटन क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्ने उद्देश्यले यस महोत्सवको आयोजना गरिएको हो ।

    ad space

    माथागढी गाउँपालिका वार्ड नम्बर ३ को सह आयोजना रहेको उक्त कार्यक्रमलाई माथागढी गाउँपालिकाले संरक्षकको भुमिका खेलेको छ भने यस महोत्सवको सम्पूर्ण व्यवस्थापन जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि ले गरेको छ ।

    दोस्रो सराई सास्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० मंसिर ७ गतेदेखी मंसिर १८ गतेसम्म संचालन गरिने मेला व्यवस्थापक जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लिका प्रबन्ध निर्देशक राजवीर जैसवालले जानकारी दिनुभयो ।

    यस्तै मेला व्यवस्थापक जैसवालका अनुसार कार्यक्रम अवधीभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहनेछ भने महोत्सवमा विभिन्न सामाजिक एवम् व्यापारीक परियोजनका इस्टलहरु समेत राखिने बताउनुभयो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय