• vacancy ad
  • काठमाडौं विमानस्थलमा ट्राफिक जाम, आकाशमै होल्ड भए जहाज

  • Ad Space available
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए ।

    ‘अहिले काठमाडौंमा ट्राफिक चाप छ, त्यसले गर्दा जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो,’ उनले भने ।

    जाडो मौसममा प्रतिकूल मौसमले पनि उडान अवतरणमा असर गर्छ । आज भने मौसमले असर नगरेको उनले जानकारी दिए ।

    पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।

    सिफारिस
    लोकप्रिय