• vacancy ad
  • डेढ लाख धन राशीको मुसिकोट मेयर रनिङ्ग कपको तयारी अन्तिम चरणमा

  • Ad Space available
  • गुल्मी: मुसिकोट मेयर रनिङ्ग कप- २०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ।

    मुसिकोट मेयर रनिङ्ग कपको प्रथम पुरस्कार रू डेढ लाख र द्वितीय पुरस्कार रू. एक लाख निर्णय गरिएको मुसिकोट नगर खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप खत्रीले बताए।

    ad space

    अध्यक्ष खत्रीले मुसिकोट मेयर रनिङ्ग कपमा विभिन्न जिल्लाका पालिकाहरुले सहभागिताका लागि टिम दर्ता गरेको समेत जानकारी दिए । पुरस्कारको राशी ठुलो भएकोले खुल्ला पुरुष भलिबल प्रतियोगितामा उल्लेख्य खेल समुहहरू उपस्थितहुने खत्रीले बताए ।

    यस्तै मुसिकोट मेयर रनिङ्ग कप कार्तिक २२ देखि २४ गते सम्म मुसिकोट नगरपालिका वडानं ४ ग्वादिकाचौरमा प्रतियोगिता संचालन हुनेछ।

    खेल सम्बन्धी विस्तृत विवरण

    २ खेल ८ वटा समूह वा सो भन्दा कम भएमा लिग सिस्टम र ८ समूह भन्दा बढी भएमा नक आउट सिस्टमबाट खेलाइने छ। खेल अन्तरराष्ट्रिय भलिबल महासंघ FIVB/NVA को नियममा रही खेलाइने छ। खेलाडीहरूको नामावली सम्वन्धित स्थानीय तहको लेटर प्याडमा उल्लेख गरि तोकिएको फाराम भरी पठाउनु पर्नेछ। इमेल musikotmpgulmi@gmail.com वा ed.musikot@gmail.com मार्फत पनि टिम दर्ता गर्न सकिनेछ।

    खेल शुरू हुनु भन्दा पहिले हुने टेक्निकल मिटिङमा टिम कोच, टिम क्याप्टेन वा टिम व्यवस्थापक मध्ये एकजना प्रतिनिधि अनिवार्य रूपमा उपस्थित हुनु पर्नेछ। अन्यथा मिटिङले पारित गरे बमोजिम खेल अगाडि बड्ने छ। खेलाडीहरू सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दा हुनु पर्नेछ। स्थायी ठेगाना हाल बसोवास गरिरहेको ठेगाना भन्दा फरक भएमा बसाइसराइ दर्ता प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

    खेलाडीसंग नेपाली नागरिकताको प्रमाण पत्र वा परिचय खुल्ने सरकारी कागजातहरू साथमा हुनु पर्नेछ। एउटा समूहमा १२ जना खेलाडी, १ जना टिम कोच र एक जना व्यवस्थापक गरि बढीमा १४ जना हुनु पर्नेछ। खेलाडीहरू अनिवार्य रूपमा खेल पोषाकमा उपस्थित हुनु पर्नेछ। खेल अवधिभर खेलाडी/कोच/टिम व्यवस्थापकले अनुशासन पूर्वक खेल प्रदर्शन गर्नु/गराउनु पर्नेछ। खेलाडीको लागि खाना, आवास तथा यातायातको व्यवस्था टिम आफैले गर्नु पर्नेछ। खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै सर्वमान्य हुनेछ। टिम दर्ता शुल्क रू. ७५००/- मात्र लाग्नेछ। दर्ता शुल्क ग.१.१. आन्तरिक राजश्व खाता मुसिकोट, खाता नं ०७२०४०१००००००४ मा जम्मा गर्नु पर्नेछ।

  • ad space
  • सिफारिस
    लोकप्रिय