• vacancy ad
  • ‘टिकटक स्क्याण्डल’ पछि शान्ति बराल माओवादी केन्द्रबाट निष्काशित

  • Ad Space available
  • रुपन्देही । नेकपा माओवादी केन्द्र रूपन्देहीले शान्ति बराललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । अनैतिक क्रियाकलाप गरी चर्चा खोजेको भन्दै रुपन्देहीको सैनामैना नगर कमिटीमा रहेकी बरालाई माओवादीले पार्टीबाट निष्काशन गरेको हो ।

    केहि समयअघि टिकटकमा गोप्य अङ्ग देखाएर भाइरल बनेकी बरालको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । माओवादी सैनामैनाका अध्यक्ष नारायण महतले सांस्कृतिक रूपान्तरणमा लागेको पार्टीमा यस्ता अनैतिक काम गर्ने छुट कसैलाई नभएको भन्दै बराललाई कारबाही गरिएको जानकारी गराएका छन् ।

    ad space

    पछिल्लो पटक उनले टिकटक लाइभका क्रममा वक्षस्थल देखाएको भिडिओ क्लिप भाइरल भएपछि पार्टीले उनलाई कारवाही गरेको हो । पार्टीका नेताहरूसँग सेल्फी खिच्ने, विभिन्न व्यक्तिसँग जोडेर टिकटक बनाउने बराल यसअघि पनि पटक–पटक विवादमा पर्दै आएकी थिइन् ।

    m
  • ad space
  • सिफारिस
    लोकप्रिय