• vacancy ad
  • गुल्मीको छत्रकोट गाउँपालिकाद्वारा जनक पन्थ सम्मानित

  • Ad Space available
  • गुल्मी ।

    गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । उक्त अवसरमा छत्रकोट गाउँपालिका वडा नम्बर ३निवासी समाजसेवी जनक पन्थ सम्मानित भएका छन । स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको कदर गर्दै गाउँपालिकाले सम्मान गरेको हो उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रही समाजसेवा गर्दै आएका छन् विभिन्न सामाजिक संस्थामा आबद्धभई समाजसेवा गर्दै आएका छन्।

    ad space

    सबै वडाहरु हुँदै सिङ्गो पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्न गाउँपालिका सफल भएको छ।शनिबार एक समारोहका बिच घोषणा गरिएको छ । पोषणमैत्री स्वास्थायुक्त गाउँपालिका घोषणा कार्यक्रमको जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गरेका हुन । उक्त अबसरमा छत्रकोट गाउँपालिकाले स्वास्थ्य अबस्था बारे वृतचित्र समेत प्रदर्शन गरेको थियो । अहिले छत्रकोट गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले छन् उनी नेपालमै मिक्ससाइमन अबार्ड २०१७ को अबार्ड बाट सम्मानित समेत भएका थिए । छत्रकोटको स्वास्थ्य क्षेत्रमा गर्व गर्न लायक काम गरेका उनी सरल स्वभावका छन्।

    उक्त कार्यक्रममा स्थानिय उत्पादन पोषणयुक्त खाधपदार्थ प्रदर्शनी गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष साबित्रा ज्ञवलि र प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर पुन, गुल्मीदरबारका उपाध्यक्ष तारा थापा ढेगा, धुर्कोटका उपाध्यक्ष सीता गिरि, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, जिल्ला प्रहरी प्रमुख नविनकिशोर प्रधान, जिल्ला स्वास्थ्य प्रमुख पशुपति आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय