• vacancy ad
  • गिरी भन्छन् :-“अनुमान गलत हुन्छ तर अनुभव कहिलै गलत हुँदैन”

  • Ad Space available
  • महेन्द्र कौशल। गुल्मी जिल्ला मुसिकोट नगरपालिका ५ खर्बाङ्गमा जन्मलिएका लक्षु गिरि बिगत लामो समय देखि माल्टामा रहदै आएका छन्। उनी सानै देखि समाजमा परेका समस्यालाई आफ्नै समस्या जस्तै गरेर सेवा गर्न पुग्दथे। यो कदम उनी वैदेशिक रोजगारका क्रममा माल्टामा पुगेता पनि समाजको माया र सेवा गर्न भने भुलेका छैनन।

    आज भन्दा केहि समय अगाडि भुकम्पले घर भत्किएर गाइगोरु बस्ने गोठ्मा बस्ने एक्ला करिब ८० वर्ष पुग्नै लागेला वृद्ध बुवालाइ आफ्नो मासिक तलबको केही अंश छिट्टाएर र आफ्ना साथीभाइ र आफन्तहरुबाट रकम संकलन गरि खानको लागि रासन र लत्ताकपडा समेत सहयोग गरेका थिए। यो त मात्र उदाहरण हो। उनले धेरै गरिब,दुखी,निमुखा तथा एकल पिडितको साथी बनेर सहयोग गर्ने गरेका छन् । यति मात्र होइन गिरिले माल्टामा रहेका नेपालीहरुको समस्यालाइ बुझेर समाधानको बाटो खोजेर समस्यामा हातेमालो गर्ने गरेको बताएका छन।

    ad space

    उनी आफ्नो गृह जिल्ला गुल्मी र आफ्नो गाउँमा उनलाइ एक जीउँदो भगवान भनेर चिनिएका छन् । उनी वैदेशिक रोजगारका क्रममा माल्टामा भैरहदा गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा, आसन्न निर्वाचन २०२३/ २०२५ को राष्ट्रिय समन्वय समितीको चुनावी माहोल चलिरहेको छ। जस्मा विभिन्न पदका लागि नेपालबाट वैदेशिक रोजगारमा माल्टा पुगेका नेपालीहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । जस्मा गिरिले विभिन्न पदका उम्मेदवारहरुलाइ समर्थन संगै जितको शुभकामना दिएका छन्।

    गिरि भन्छन “अनुमान गलत हुन सक्छ तर अनुभव कहिलै गलत हुदैन।”अहिले चुनावि माहोलमा रहनुभएका सम्पुर्ण उमेदवारहरुले पहिलेबाट नै माल्टामा बस्ने र नेपालमा रहनुभएका नेपालीहरुलाइ साथ सहयोग गर्दै आएका छन्। यसै क्रमलाइ निरन्तरता दिनका लागि चुनावी महोलमा सफल पार्नका लागि होमिएका छन्। गिरि थप्छन “यो चुनाब कुनै व्यक्तिको मात्र चुनाव नभइ माल्टामा रहेका नेपाली दाजुभाइ दिदिबहिनी सबैको हो र चुनाबलाई सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गर्दछौ”

  • ad space
  • सिफारिस
    लोकप्रिय