• vacancy ad
  • विवेकशील साझा पार्टीद्वारा ११ विभाग गठन, प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय

    २०८० जेष्ठ १६, मंगलवार १०:०९ मा प्रकाशित
  • Ad Space available
  • Ad Space available
  • काठमाडौं । विवेकशील साझा पार्टीले विभिन्न विभागहरू गठन गरी विभागीय प्रमुखहरू चयन गरेको छ । पार्टीको मुख्यालय बखुन्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ११ वटा विभाग गठन गरेर प्रमुखहरू चयन गरेको हो ।

    बैठकले संगठन विभागको प्रमुखमा महासचिव रञ्जु दर्शना, प्रशिक्षण विभागको प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार र नीति तथा कार्यक्रम विभाग प्रमुखमा उपाध्यक्ष मिलन पाण्डेलाई जिम्मेवारी प्रदान गरेको छ ।

    ad space


    यस्तै बैठक सूचना प्रविधि तथा सञ्चार विभाग प्रमुखको जिम्मा पार्टी केन्द्रीय सदस्य सूर्यदीप रेग्मीलाई दिइएको छ भने सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष बिमला अधिकारी घिमिरे, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुखमा सचिव बिमल तामाङ, केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापा, वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बञ्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाईं र कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    बैठकले कोशी प्रदेश, मधेष प्रदेश, बागमती प्रदेश र युवा संगठनको अधिवेशन भदौ अन्तिमसम्ममा सक्ने निर्णय गरेको छ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र महिला संगठनको अधिवेशन फागुन अन्तिमसम्ममा गरिसक्ने निर्णय समेत गरेको सञ्चार विभाग प्रमुख सूर्यदीप रेग्मीले जानकारी दिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय