• vacancy ad
  • सिडिओ केसी गुल्मीमा : पहिलो यात्रा जहाजको

    २०८० जेष्ठ १४, आईतवार १९:५३ मा प्रकाशित
  • Ad Space available
  • Ad Space available
  • गुल्मी । गुल्मी जिल्ला जहाजको यात्राले गर्दा सुगम जिल्लाको रुपमा भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहार केसीले बताए । शुक्रवार मात्रै काठमाडौंबाट जहाज चढेर गुल्मी आएका केसीले जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँग राखिएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला पहिले दुर्गम जिल्ला भनेर चिनिएको जिल्ला अहिले जहाजको यात्राले सुगम बनाएको बताए ।
    उनले परिचयात्मक कार्यक्रममा सुरुमा काठमाडौंबाट गुल्मी आएको जहाजको यात्रा बारे चर्चा गरे । यस जिल्लाबाट जहाज चलेसँगै धेरै बिरामी अशक्तहरुलाई राहत भएको यात्राको क्रममा पाएको बताए ।
    पत्रकारहरुले भाग्यमानी सिडिओ रुपमा भएको बताए । पहिलो पटक गुल्मी आउदा त्यो पनि जहाज चढेर आउनु भयो कस्तो अनुभूति भयो ? भनेर सोधेँका थिए । उनले जवाहफमा अत्यन्तै सुखद यात्रा यहाँ सरुवाहुँदासम्म जहाज चलेको जानकारी थिएन उनले भने ‘गुल्मी सरुवा भएर यहाँका साथीहरुसँग कुराकानीमा जहाज चल्ने बारे जानकारी पाए ।’
    शुक्रवार मात्रै आएका सिडियोले जिल्लाको वस्तु स्थिति बारे जानकारी लिन सुरुमा राजनितिक दल र पत्रकारहरुसँग अन्तरक्रिया गरेको सुनाए । जिल्लामा तीन साता यता नेपाल एअरलाइन्सको जहाजले हप्ताको एक दिन शुक्रवार नियमित उडान गरिरहेको छ ।
    गुल्मी जिल्लाबाट जहाजको यात्रा गर्न भैरहवासम्म पुगेर मात्रै काठमाडौं पुग्न सकिन्छ । तर यहाँबाट बुटवल भैरहवासम्म पुग्ने बाटो निकै जीर्ण बन्दै गएको छ ।
    कालोपत्रे सडक ठाउँठाउँमा भत्कीएर जीर्ण छ त्यसैले पनि यस जिल्ला हवाई यात्रा सुरु हुनपूर्व दुर्गम जिल्लाको रुपमा परिचित थियो । यहाँबाट काठमाडौंसम्म पुग्न करिब १३ घण्टादेखि २२ घण्टासम्म गाडीको यात्रा गर्नुपर्ने अवस्था थियो ।
    यहि कारणले पनि कैयौं कर्मचारी डक्टरहरु यस जिल्लाको रोजाईमा पार्ने थिएनन । तर अहिले जहाजको यात्राले धेरै नै सहज बनाएको छ ।
    पत्रकारहरुले वर्षात सुरु हुनलागेकाले बिपदको लागि तयारी बारे जानकारी गराएका थिए । पत्रकारहरुले नागरिकसँग जोडिएका अरु धेरै प्रश्न सुझाव सिडियो केसीलाई दिएका थिए ।
    त्यसपछि सिडियो केसीले आफना भनाईहरु राख्दै कानुन अनुसार नागरिकका कामहरुसँगै सामाजिक काम गर्ने अठोट आफुमा रहेको बताए । शान्ति सुरक्षा र प्रशासनिक कामसँगै सामाजिक कार्य गर्ने रुची रहेकाले त्यसको निम्ति सबैले साथ दिनुपर्नेमा जोड दिए ।
    सिडिओ केसीले प्रशासनिक कामको सुधारसँगै सेवाग्रहीलाई सेवामैत्री बातावरण तयारमा ध्यान दिने बताए । नागरिकलाई संधिानले प्रत्यभूत गरेका अधिकारहरुलाई सहज तरिकाले प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा मुख्य जोड दिने बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय