• vacancy ad
  • १७ वर्षदेखि गुल्मेलीको नियमित जहाज चढ्ने सपना अधुरै

  • Ad Space available
  • विगत १७ वर्षदेखि गुल्मेलीको जहाज चढ्ने सपना अझै अधुरै रहेको छ। २०६३ सालमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेको रेसुंगा विमानस्थलबाट जहाज चढी काठमाडौं पुग्ने ठूलो धोको  गुल्मेलीको  रहेको छ।

    पटकपटक आश्वासन देखाइएको गुल्मीको रेसुंगा विमानस्थलबाट गत पुस २४ गते तारा एयरको १८ सिटे जहाजले सफल उडान गरेको थियो। परीक्षण उडान गरेर १५ दिनमै नियमित उडान गर्ने आश्वासन दिइए पनि हालसम्म नियमित उडान हुन सकेको छैन।

    ad space

    परीक्षण उडानमा गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारी, पूर्वमन्त्री ज्ञवाली र रामकुमारी झाँक्री लगायत उपस्थित थिए। गत वैशाखमा विमानस्थल निर्माण पूरा भएको थियो।

    विमानस्थल कुल ३५ करोड लागतमा सम्पन्न भएको हो। विमानस्थलको धावनमार्ग ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको छ। रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले विमानस्थल निर्माण गरेका थिए। १५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

    रेसुंगा नगरपालिकाको पहलमा परीक्षण उडान गरेर नियमित उडानको तयारी गरिएको थियो। नगरपालिकाले नियमित उडानका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको नगरप्रमुख खिलध्वज पन्थीले बताए।

  • ad space
  • सिफारिस
    लोकप्रिय