• vacancy ad
  • जजिरा एयरलायन्सले फागुन २५ गतेदेखि पुनः गौतम बुद्ध विमानस्थलमा उडान गर्ने

  • Ad Space available
  • जजिरा एयरलायन्सले आगामी फागुन २५ गतेदेखि भैरहवादेखि पुनः अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ।

    झन्डै ३१ अर्ब रुपैयाँ खर्चेर बनेको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट सात महिनापछि जजिरा एयरलायन्सले पुनः अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो।

    ad space

    गत जेठ दुई गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गरेको जजिराले हुस्सुको कारण देखाउँदै तीन महिनादेखि उडान स्थगित गरेको थियो।

    पछिल्ला दिनहरूमा मौसममा क्रमिक सुधार भएपछि उडान हुन लागेको विमानस्थल प्रशासनले जनाएको छ।

    जजिराले जेठ २ गतेदेखि पुस ३ गतेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५४ वटा उडान र त्यतिकै संख्यामा अवतरण गरेको थियो।

    सो अवधिमा १३ हजार ५९३ जना यात्रु विमानस्थल अवतरण गर्दा १८ हजार २५ जना यात्रुले भैरहवाबाट उडान भरेका थिए।

    जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान सुरू गर्न माग गर्दै आएका थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय