• vacancy ad
  • आरजुको प्रस्ताव : देशभरका उपमेयरलाई मेयरको उम्मेदवार बनाउ

  • Ad Space available
  • कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणाले सबै उपमेयरलाई स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार बनाउन दलहरुसँग अग्रह गरेकी छन्। उनले त्यसका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पहल थाल्ने उनले बताएकी छन् ।

    राजधानीमा आयोजना गरिएको राजनीतिमा महिला सहभागिताः चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा उनले यस्तो बताइन्।

    महिला उमेदवारका लागि ‘मनी, मसल र पावर’ ठूलो चुनौती रहेको डा. राणाले बताइन्। ‘चुनावमा अचार संहिता मिच्नेलाई कडा कारबाही गर्नुपर्छ। चुनावमा ठूला नेताहरुले हेलिकप्टर प्रयोग गरेको जनताले देख्छन् तर आयोगले प्रतिवेदन बनाउँछन्। प्रतिवेदन दराजमा थन्काइन्छन्,’ उनले भनिन्, ‘नेताहरुले चुनावमा हेलिकप्टर प्रयोग गर्ने स्रोतको पनि खोज्नुपर्छ।’

    सिफारिस
    लोकप्रिय