स्थानीय तह चुनावको लागि नेपाली कांग्रेसले
पार्टीको संगठनलाई परिचालन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारले वैशाख ३० मा घोषणा गरेको निर्वाचनको स्वागत गर्दै एकताबद्ध रूपमा निर्वाचनमा क्रियाशील हुने निर्णय गरेको हो ।
‘घर-घर जाऔँ कांग्रेस जिताऔँ’ नारा अन्तर्गत संगठन सुदृढीकरण अभियान चलाउने निर्णय भएको छ,’ प्रवक्ता प्रकाशशरण महतले भने । यो अभियान २० फागुनदेखि २० चैतसम्म चल्ने महतले बताए ।
बैठकले निर्वाचनका लागि घोषणापत्र तयार गर्ने विषयमा समिति निर्माणको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
सिफारिस
लोकप्रिय


