• vacancy ad
  • मेस्सीको चार तारे होटल भत्काउन अदालतको आदेश

  • Ad Space available
  • काठमाडाैँ । फुटबल स्टार लियोनेल मेस्सीको स्पेनमा रहेको चारतारे होटल भत्काउन अदालतले आदेश दिएको छ। सन् २०१७ मा मेस्सीले यो होटल करिब ३ करोड युरोमा खरिद गरेका थिए।

    यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुद्री किनारा नजिकै रहेको छ। यो होटलमा ७७ ओटा कोठा छन्। यी प्रत्येक कोठामा बसेको एक रातको करिब १०५ पाउण्ड खर्च लाग्छ। 

    ad space

    डेलिमेलका अनुसार सन् २०१७ मा मेस्सीले खरिद गर्नुभन्दा पहिला नै यो होटल भत्काउन आदेश दिइएको थियो। यद्यपि मेस्सीले यो होटल खरिद गर्दा यस विषयमा ध्यान दिएनन्। 

    द मिररका अनुसार यो होटलको बाल्कोनी निकै ठूलो छ र मापदण्डअनुसार यो होटलका कोठाहरू पनि मिलेको छैन। त्यसका साथै होटलको आगलागी नियन्त्रणको योजना पनि स्थानीय मापदण्ड अनुसारको छैन। 

  • ad space
  • सिफारिस
    लोकप्रिय