• vacancy ad
  • भारतमा २ वर्षकी बालिका बलात्कार र हत्या गर्नेलाई मृत्युदण्डकाे सजाय सुनाइयाे

  • Ad Space available
  • काठमाडाैँ । भारतको पश्चिम उत्तर प्रदेशअन्तर्गत बुलन्दसहर जिल्लामा सानी बालिकाको बलात्कार र हत्या गरेको कसुरमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ। बीबीसी हिन्दीका अनुसार २ वर्षीया बालिकाको बलात्कार र हत्या गरेको कसुरमा  ४५ वर्षीय प्रेम सिंह प्रजापतिलाई विशेष पोक्सो अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।

    यस मुद्दामा अदालतमा डेढ वर्षसम्म सुनुवाइ भएको थियो। यस क्रममा बुधबार उनी दोषी ठहर भएपछि सजाय सुनाइएको हो। अदालतले दोषीलाई १ लाख ६० हजार रुपैयाँ (भारतीय) जरिवानासमेत तोकिएको छ। 

    ad space

    यो अपराध सन् २०२० जुलाई १० मा भएको हो। त्यस दिन आफूसँग खेलिरहेकी २ वर्षकी बच्चीलाई प्रेम सिंह प्रजापतिले आफ्नो घर लगेर बलात्कार गरी घरपछाडिको पोखरीमा फ्याँकिदिएका दिए। 

    आठ जना साक्षीको बयान र वैज्ञानिक र चिकित्सकीय विधिबाट संकलित प्रमाणबाट दोषी ठहर भएपछि उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो। 

  • ad space
  • सिफारिस
    लोकप्रिय