• vacancy ad
  • जापानमा सत्तारुढ एलडीपीले बहुमत ल्याउने सर्वेक्षणको दाबी

  • Ad Space available
  • जापानको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र सहयोगी कोमेइटोको सत्तारुढ गठबन्धनले आइतबार सम्पन्न आम निर्वाचनमा संसदको तल्लो सदनमा बहुमत ल्याउने क्योदो न्यूजद्वारा सार्वजनिक सर्वेक्षणले देखाएको छ ।

    सरकारको कोभिड–१९ प्रतिक्रिया र आय असमानतासँग असन्तुष्ट मतदाताहरूको समर्थनको लागि आह्वान गरेका विपक्षी दलहरूविरुद्ध ४६५ मध्ये कम्तीमा २३३ सीट प्राप्त गर्दै सत्ताधारी गठबन्धनले संसदमा शक्तिशाली प्रतिनिधि सभामा आफ्नो बहुमत कायम राख्ने प्रक्षेपण गरिएको छ ।

    ad space

    यद्यपि रिपोर्ट अनुसार एलडीपीको यसअघि प्रतिनिधिसभामा रहेको २७६ सिटमध्ये केही सिट गुम्ने देखिएको छ ।

    जापानी प्रधानमन्त्री फुमिओ किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका छन्।

    आम निर्वाचनको मतदान आइतबार साँझ सकिएको छ। स्थानीय समयअनुसार ८ बजे देशभर मतदान केन्द्र बन्द भएका छन् । मतदानस्थलमा पुगेका मतदाताले भने राति अबेरसम्म मतदान गर्न पाउने छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय