• vacancy ad
  • सुर्खेतमा एक सामुदायिक वनमा बम विस्फोट, दुई जना घाइते

  • Ad Space available
  • सुर्खेत । सुर्खेतमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

    वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजेतिर बम विस्फोट भएको हो ।

    सो विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका छन्। विस्फोटमा परी दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार घाइते भएका छन्।

    सामुदायिक वन खुलेको बेला घाँस काट्न गएका उनीहरू एक्कासी बेवारिसे बम विस्फोट हुँदा उनीहरू घाइते भएका हुन्।

    घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

    सिफारिस
    लोकप्रिय