• vacancy ad
  • स्वदेश फर्कियो साफ च्याम्पियनसिप उपविजेता नेपाली टोली

  • Ad Space available
  • साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बिहान नेपाल फर्किएको छ । नेपाली राष्ट्रिय खेलाडी र पदाधिकारी बिहान सवा ९ बजे कतार एयरवेजको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    माल्दिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

    ad space

    त्रिभुवन विमानस्थलमा नेपाली खेलाडीको स्वागतका लागि खेलकुद मन्त्री महेश्वर गहतराजका साथै सयौंको संख्यामा प्रशंसकहरू पुगेका थिए । उनीहरूले प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारासमेत लगाएका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय