प्रदेश–२ को लोक सेवा आयोगलाई गालीगलौज गर्ने आवेदक कालोसूचीमा परेका छन् ।
आयोगका अनुसार महोत्तरी बथनाहाका प्रनित कुमार झालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।आयोगका अनुसार झाले इमेलमार्फत सोधपुछ गर्ने क्रममा गाली गलौजयुक्त शब्द प्रयोग गरेका थिए ।
असोज ६ मा बसेको आयोगको बैठकले झालाई एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको आयोगले जनाएको छ । यस अवधिमा झा आयोगका कुनै पनि परीक्षामा सहभागी हुन पाउने छैनन् ।
सिफारिस
लोकप्रिय


