• vacancy ad
  • सडक दुर्घटनाका समाचारले स्तब्ध छु : प्रधानमन्त्री देउवा

  • Ad Space available
  • काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछामसहितका जिल्लामा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन्।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले दुर्घटनाका समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

    उनले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन्।

    साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि ट्वीटमार्फत् सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्।

    सिफारिस
    लोकप्रिय