• vacancy ad
  • भाइले गरे दाइको घाँटी रेटी हत्या

  • Ad Space available
  • रोल्पा। रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् ।

    रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ।

    ‘हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौं, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो’, प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले भने।

    उनका अनुसार अमराज आफैंले पनि हत्या गरेको स्वीकारी सकेका छन् । राति एक्लै सुतिरहेको कोठामै पुगेर भाइले दाइको हत्या गरेका हुन्।

    पारिवारिक विवादका कारण हत्या गरेको बताइएको छ । कर्तव्य ज्यान मुद्दा
    अन्तर्गत हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने प्रनाउ सुवेदीले बताए।

    मृतक इमान्दार तथा सोझो भएकोसमेत स्थानीयवासीले बताएका छन् । मृतककी श्रीमतीको पहिले नै मृत्यु भइसकेको छ । दुई छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङमा बस्दै आएको बताइएको छ ।

    मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ ।

    सिफारिस
    लोकप्रिय