मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट दसैँ मनाउने यात्रुलाई लिएर मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । बस पिना झ्यारीखोलामा दुर्घटनामा परेको हो । बसमा ३९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु घटनास्थलमा पगेर उद्वारकार्य गरिरहेका छन् ।
केही घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । अप्ठ्यारो ठाउँमा दुर्घटना भएकाले विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले बताए ।
सिफारिस
लोकप्रिय


