• vacancy ad
  • मुगुको पिनागाउँमा बस दुर्घटना, दर्जन बढीको मृत्यु

  • Ad Space available
  • मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा दर्जन बढीको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् ।

    नेपालगञ्‍जबाट दसैँ मनाउने यात्रुला लिएर मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । बसमा ३९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    अहिले घाइतेहरुको उद्दारकार्य जारी रहेको र केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएकाले विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले बताए ।

    सिफारिस
    लोकप्रिय