• vacancy ad
  • कोभिड खोप नलगाएपछि ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्चित

  • Ad Space available
  • एजेन्सी। ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको बताएका छन्।

    राष्ट्रपतिको प्रेससँगको कुराकानीको भिडियो आइतबार सार्वजनिक भएको छ । जसमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गरेका छन्।

    ad space

    उनले भने– किन खोप कार्ड चाहियो ! किन पासपोर्ट चाहियो ! म केवल खेल हेर्न चाहान्छु ।”

    स्थानीय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदामा छन् ।

    ब्राजिलका नेताले कोरोनाभाइरस विरुद्धको खोपप्रति शंका व्यक्त गर्ने गरेका छन् र त्यहाँ उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन।

    उनी जुलाई २०२० मा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। केही हप्ता क्वारेन्टिनमा बसेपछि नियमित काममा फर्किएका थिए।

    राष्ट्रपति बोल्सोनारो जो लकडाउनको एक कट्टर विरोधी हुन् । उनले मास्क समेत लगाउँदैनन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय