• vacancy ad
  • डोबाटे विश्वकर्माले लिए गण्डकी प्रदेशमन्त्रीको शपथ

  • Ad Space available
  • पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    उनलाई प्रदेशका मुख्यमन्त्री कृष्णभक्त नेपाली पोखरेलको उपस्थितिमा प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि गत साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे विक मन्त्री हुने सूचीमा थिए ।

    तर अन्तिम समयमा उनको नाम हटाएर विन्दुकुमार थापालाई मन्त्री बनाइएपछि त्यसको चर्को विरोध भएको थियो ।

    सिफारिस
    लोकप्रिय