• vacancy ad
  • प्रतिनिधिसभाको बैठक कात्तिक ९ गतेसम्मका लागि स्थगित

  • Ad Space available
  • प्रतिनिधिसभाको बैठक अर्को बैठक कात्तिक ९ गते बस्‍ने भएको छ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठक कात्तिक ९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

    त्यसअघि बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिले नियुक्त गरेका नयाँ मन्त्रीहरुको सूचीबारे जानकारी गराएका थिए ।
    त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले मधेसी आयोगको वार्षिक प्रतिवेदन संसद्‌मा पेश गरेका थिए।

    ad space

    संसद्को चालु अधिवेशन सुरु भएदेखि नै सदन अवरुद्ध गर्दै आएको एमालेले आज पनि विरोध कायम राखेको थियो । सभामुख सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए ।

    पार्टीले कारबाही गरेका माघव नेपालसहित १४ सांसदको सूची सार्वजनिक नगरी पार्टी फुटाउन सभामुखले सहयोग गरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय