• vacancy ad
  • पाकिस्तानी परमाणु वैज्ञानिक खानको निधन

  • Ad Space available
  • एजेन्सी। पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने वैज्ञानिक डा.अब्दुल कादिर खानको निधन भएको छ ।

    लामो समयदेखि कोभिड-१९ बाट बिरामी परेका ८५ वर्षीय खानको उपचारका क्रममा आइतबार निधन भएको हो ।

    ad space

    सन् १९७० को दशकको सुरूवातमा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउँने दिशातर्फ डोर्याउँन उनको महत्त्वपूर्ण भूमिका रहेको छ।

    पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशीद अहमदले राजधानी इस्लामावादको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन् ।

    उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हजारौंको सङ्ख्यामा सर्वसाधारण जनताको उपस्थित भएका थिए।

    राजकीय सम्मानसाथ उनको अन्तिम विदाइ गरिएको छ । साथै उनको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय