• vacancy ad
  • लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दैछ : मुख्यमन्त्री केसी

  • Ad Space available
  • बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन्।

    लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशवासीको नारालाई साकार पार्न र प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन उद्योग तथा व्यापार क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री केसीले त्यसका लागि लगानीकर्ता प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको बताए।

    ad space

    उद्योग व्यापार सङ्गठन तिलोत्तमाको साताैं साधारणसभा एवं चौथो अधिवेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले उद्योग व्यवसाय प्रवर्द्धनका लागि सरकारले पछिल्लो चरणमा उद्योगमैत्री बजेट ल्याएको दाबी गरे।

    उनले राजनीतिक संकट र कोभिडको सङ्क्रमणबाट थलिएको लुम्बिनी प्रदेश अहिले समृद्धितर्फ उन्मुख भएको बताए।

    मुख्यमन्त्री केसीले प्रदेश कोराना महामारीबाट निकै प्रभावित भएकाले अर्थतन्त्र चलायमान हुन नसक्दा केही समय समस्या भए पनि अब समस्या समाधान हुने विश्वास व्यक्त गरे।

    उनले कोभिडबाट थलिएको व्यापार र उद्योग क्षेत्रलाई उत्थान गर्नका लागि विद्युत् महसुल र राजस्वमा छुट दिन सकिने बताए।

  • ad space
  • सिफारिस
    लोकप्रिय