• vacancy ad
  • ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  • Ad Space available
  • सुनसरी। सुनसरीको दुहबी नगरपालिका–३ मा ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कोसी राजमार्गअन्तर्गत एनएल ०२क्यू ०१३४ नंको ट्रकले को१०प २६८१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

    सिफारिस
    लोकप्रिय