• vacancy ad
  • हमाल कांग्रेसका पुरानो नेता भएकाले नै मन्त्री बनाइएको होः मन्त्री रेग्मी

  • Ad Space available
  • नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएकाले प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी दिएको स्पष्ट पारेकी छन् ।

    रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री रेग्मीले भनिन्, “हमालजी हाम्रो पार्टीको पुरानो नेता हो । उहाँले अवसर पाउनुभएको थिएन । कसैको नाता पर्न जानु अस्वभाविक होइन । उहाँँले पार्टीलाई पु¥याउनुभएको योगदानको कदर गर्दै मन्त्रीको जिम्मेवारी दिइएको हो ।”

    ad space

    मन्त्री रेग्मीले वर्तमान सरकारमा महिलाको प्रतिनिधित्व उल्लेखनीयरुपमा हुनु सकारात्मक भएको उल्लेख गर्दै हरेक ठाउँमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सकिएमा नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने सम्भावना रहेको बताइन् । उनले भनिन्, “हाम्रो देशमा महिला राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश हुनुभयो । अब प्रधानमन्त्री हुन पनि महिला सक्षम छन् ।” उनले पार्टीको आगामी १४औँ महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने विश्वास व्यक्त गरिन् ।
    मुलुकमा बढ्दो महिला हिंसाका घटनाप्रति आफू अत्यन्त गम्भीर रहेको बताउँदै उनले ज्येष्ठ नागरिकले घरमा ससम्मान बाँच्नसक्ने तुल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । विदेशमा अपाङ्गता भएका व्यक्तिको जिम्मा राज्यले लिएको उल्लेख गर्दै मन्त्री रेग्मीले नेपालमा पनि उनीहरुको अधिकार प्राप्तिका लागि ध्यान दिनेछु भनिन् ।

    उनले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितका लागि खोपको व्यवस्था गर्ने कार्यलाई आफूले प्राथमिकतामा राखेको बताइन् । अहिले पनि देशका दूरदराजमा रहेका बालबालिका कुपोषणबाट ग्रसित रहेको उल्लेख गर्दै उनीहरुको जीवनरक्षा र पढ्न पाउनुपर्ने अधिकारको रक्षाका लागि पनि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय