• vacancy ad
  • न्याय माग्दै नेपालगन्जबाट हिँडेर काठमाडौं आएकालाई प्रहरीले किन पक्रियो ?

  • Ad Space available
  • घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलाको निम्ति न्याय माग्दै नेपालगन्जबाट हिँडेर काठमाडौं आइपुगेको टोलीलाई सरकारले वार्तामा बोलाएर कुरा सुन्नुको साटो माइतीघर धर्ना स्थलबाटै पक्राउ गरेको छ।

    माइतीघर मण्डलमा धर्ना दिइरहेका करिब १४ जनाको टोलीलाई शुक्रबार राति प्रहरीले जबर्जस्ती भ्यानमा हालेर लगेको हो। प्रहरी पक्राउ गर्न जाँदा उनीहरू कोही खाना खाँदै थिए भने कोही सुतिरहेका थिए। सुतिरहेका र खाना खाइरहेकै बेला प्रहरीले उनीहरूलाई जबर्जस्ती उठाएर लगेको थियो।

    ad space

    प्रहरीले भने उनीहरूलाई पक्राउ गरेको नभएर सुरक्षाका लागि नियन्त्रणमा राखेको बताएको छ। 

    ‘चाडबाड बेला माइतीघरमा सुतिरहेको र त्यहाँबाट हट्न नमानेकाले सुरक्षित ठाउँमा सारिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘सबैलाई नगर प्रहरी कार्यालयमा राखिएको छ।’

    उनीहरूको माग के कसरी सम्बोधन गर्ने भनेर छलफल भइरहेको पनि बस्नेतले बताए।

    सुरक्षित ठाउँमा सारेको भनिए पनि माइतीघरमा धर्ना दिँदा के कति कारणले जोखिमपूर्ण थियो भन्नेबारे प्रहरीले प्रस्ट जवाफ दिएको छैन।

    बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा प्रहरीले प्रभावकारी रूपले अनुसन्धान नगरेको र दोषी पत्ता लगाउन कुनै चासो नदिएको भन्दै करिब १४ जनाको टोली न्याय माग्दै नेपालगन्जबाट हिँडेरै काठमाडौं आइपुगेको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय