• vacancy ad
  • अफगानिस्तानको कुन्दुजस्थित शिया मस्जिदमा शक्तिशाली विस्फोट, ५० जनाको मृत्यु

  • Ad Space available
  • एजेन्सी। अफगानिस्तानको कुन्दुज प्रान्तमा रहेको एक शिया मस्जिदमा भएको आत्मघाती हमलामा ५० जनाको मृत्यु भएको छ । सो हमलामा अन्य १४० भन्दा बढी घाइते भएका छन् ।

    एसोसिएटेड प्रेसले भने तालिबानका एक प्रहरी अधिकारीलाई उदृत गर्दै सो हमलामा करिब एक सय जना मारिएको जनाएको छ ।

    ad space

    अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा भीषण हमला हो । शिया समुदायको शैय्यद अबद मस्जिदभित्र स्थानीय समयअनुसार १ः४० बजे शक्तिशाली विस्फोट भएको हो ।

    शुक्रबारको नमाज पढ्न मानिसहरु भेला भएका बेला विस्फोट भएको हो । यो घटनाको कसैले जिम्मेवारी लिएको छैन ।

  • ad space
  • सिफारिस
    लोकप्रिय