• vacancy ad
  • गाउँ–गाउँमा खेलकुदका पूर्वाधार विकास गरिन्छ : मन्त्री गुरुङ

  • Ad Space available
  • गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले प्रदेशभित्र गाउँ–गाउँमा खेलकुदका भौतिक पूर्वाधार विकास गर्दै खेलकुदलाई प्राथमिकता दिइने बताएका छन् । युनाइटेड युथ क्लब रिसान थालाजुङ गोरखाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा खुला फुटबल प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै उनले मन्त्रालयले सबै विधाका खेलाडीलाइ प्रोत्साहन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीले राम्रो नतिजा ल्याउन अभिप्रेरित गर्ने बताए ।

    प्रदेशभित्रका सम्पूर्ण गाउँका खेलमैदानको अवस्था निरीक्षण गरी भौतिक पूर्वाधार भत्केका, बिग्रेका र अहिलेसम्म प्रयोगमा आउन नसकेका खेलमैदानको पुनःनिर्माण गर्ने उनले बताए । राम्रो खेलमैदान भएपछि खेलाडीलाई प्रोत्साहन हुने र यसले राम्रो नतिजा ल्याउने उनको भनाइ छ ।

    ad space

    मन्त्री गुरुङले खेलका लागि आवश्यक फुटबल, भलिबल, नेट जालीलगायतका सामग्री जिल्लाका विभिन्न क्लबका अध्यक्ष तथा खेलाडीलाई हस्तान्तरण गरे । यही असोज २६ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा चितवन, काठमाडाँै, लमजुङ, तनहुँलगायत जिल्लाबाट २१ टोलीको सहभागिता रहेको युनाइटेड युथ क्लब रिसान थालाजुङका अध्यक्ष रामकुमार गुरुङले जानकारी दिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय