• vacancy ad
  • नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन देउवाको माग

  • Ad Space available
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन आह्वान गरेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष राखेको प्रस्ताव पारित नहुने बताए ।

    ad space

    जनताले गत निर्वाचनमा स्पष्ट बहुमत दिए पनि सरकार र सरकारका प्रमुख प्रधानमन्त्री ओलीले जनता सामू गरेका वाचा बिर्सिएको तथा अधिनायकवादी र सर्वसत्तावादी चरित्र प्रदर्शन गरेको उनको आरोप थियो ।

    पूर्वप्रधानमन्त्री देउवाले भने, ‘सुशासनको प्रत्याभूति दिन नसकेको, देशको स्वाभिमान मर्यादा र गरिमा बढाउन नसकेको, कोभिड–१९ को रोगथाम र नियन्त्रणमा सर्वदा असफल भएको, शान्तिसुरक्षा कायम गर्न नसकेको र संविधान, विधि र पद्धतिलाई नै समाप्त गरी संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै आँच पुग्ने कार्य गरेको हुँदा अहिले मुलुकमा जटिल अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीजी आफैँले उत्पन्न गरेको समस्याका कारण विश्वासको मत माग्नु पर्ने अवस्थामा पुग्नुभएको छ ।’

    संविधान निर्माण भइसकेपछिको पहिलो संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त गरेर वर्तमान सरकारको गठन भए पनि आज तीन वर्षमा नै प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि आउनामा को जिम्मेवार छ भन्ने प्रश्न गर्दै उनले यो परिस्थितिका लागि स्वयं प्रधानमन्त्री जिम्मेवार रहेको बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय