• vacancy ad
  • गठबन्धन बैठकको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

  • Ad Space available
  • काठमाडाैं। प्रमुख सत्ता साझेदार दलले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल केन्द्रित गरेको बताइएको छ ।

    ad space

    सत्ता गठबन्धनका शीर्ष नेताबीचमा मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए।

    माओवादीले बुधबार नै मन्त्रिपरिषद्मा सहभागी हुनेको नामावली टुङ्गो लगाइसकेको छ । माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्रिमण्डलमा पठाउने निर्णय गरिसकेको छ ।

    अन्य दलको तर्फबाट पनि आवश्यक निर्णय गरेर नामावली प्राप्त भएपछि सम्भवतः शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय