
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ नमुनाको पीसीआर परीक्षण गर्दा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षणमा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यस्तै ९११ जना निको भएका छन्।
नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ । हालसम्म ११ हजार २ सय जनाको कोरोनाबाट मृत्यु भइसकेको छ भने ७ लाख ७३ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।
सिफारिस
लोकप्रिय