• vacancy ad
  • एमाले नेता जोशी​एकीकृत समाजवादीमा प्रवेश

  • Ad Space available
  • नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा ​एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

    बिहीबार नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकअघि अध्यक्ष माधवकुमार नेपालले जोशीलाई पार्टीमा स्वागत गरेका छन्।

    एमाले परित्याग गरेका जोशीलाई एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यको जिम्मेवारी दिएको छ। कार्यक्रममा अध्यक्ष नेपालले जोशीलाई स्थायी कमिटी सदस्य बनाएको घोषणा गरेका थिए ।

    एकीकृत समाजवादीमा आवद्ध भएलगत्तै जोशी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।

    सिफारिस
    लोकप्रिय