• vacancy ad
  • वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको घरको छतबाट खसेर मृत्यु

  • Ad Space available
  • वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको चारतले घरको छतबाट खसेर मृत्यु भएको छ ।

    बिहीबार बिहान ७ बजे चाबहिलस्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट खसेर ज्यान गएको हो ।

    ad space

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले छतबाट खसेलगत्तै उनको मृत्यु भएको बताए । मृत्यु भएका चतुर्वेदीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

    प्रहरीले चतुर्वेदीले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ । परिवार स्रोतले जानकारी दिएअनुसार चतुर्वेदी डिप्रेसनको बिरामी थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय