• vacancy ad
  • बाग्मतीका मुख्यमन्त्री शाक्यले २४ असोजमा विश्वासको मत लिने

  • Ad Space available
  • हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २४ असोजमा विश्वासको मत लिने भएकी छन् ।

    विश्वासको मत लिन प्रदेश सरकारले असोज २४ गते दिउँसो ३ बजे प्रदेशसभाको नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस निर्णय गरेको छ ।

    शाक्यले २५ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । १०९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वासको मत पाउँन ५५ सांसद चाहिन्छ ।

    प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन्।

    गठबन्धन बाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि बहुमत पुग्दैन।

    सिफारिस
    लोकप्रिय