• vacancy ad
  • सुर्खेतमा अवतरण हुन नसकेपछि बुद्धको विमान नेपालगन्ज डाइभर्ट

  • Ad Space available
  • काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको यु ४-१३३ नम्बरको विमान नेपालगञ्ज डाइभर्ट गरिएको छ ।

    बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो ।

    ad space

    तीन फन्को घुम्दा पनि अवतरण हुन नसकेपछि विमान नेपालगन्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए । विमानमा कुनै खराबी नरहेकोले केहीबेरमै नेपालगन्जबाट सुर्खेतका लागि उड्ने पन्तले उनको भनाइ छ ।

    त्रिभुवन विमानस्थलबाट ८ बजेर १ मिनेटमा सुर्खेतका लागि उडान भरेको उक्त जहाजमा चालकदलका ४ जनासहित ४६ जना यात्रु रहेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय