• vacancy ad
  • बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्दै, एकै दिन ३५ हजारभन्दा बढी संक्रमित

  • Ad Space available
  • एजेन्सी। बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ ।

    स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि कोरोनाबाट हुने सङ्क्रमण दैनिक कमी नआएको बताइएको छ ।

    ad space

    सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् ।

    बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

    पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मात्रै ३३ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ ।

    बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

    पछिल्ला दिनहरुमा कम्तीमा पनि ३० हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएको छ । अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको पाइएको बताएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय