काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले २ जेठ, २०७५ को अवस्थामा पार्टीलाई फर्काउन अध्यक्ष केपी शर्मा ओलीलाई १३ घन्टा समय दिएको छ ।
आज बसेको नेपाल पक्षीय सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई पार्टीलाई विधान अनुसार चलाउन तथा सहमतिका साथ अगाडि बढाउन १३ घण्टा समय दिने निर्णय गरेको हो ।
नेपाल समूहको नयाँ समयअनुसार अब एमालेको विवाद समाधान गरेर पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन ओलीले सोमबार बिहान ९ बजेसम्मको समय पाएका छन् ।
सिफारिस
लोकप्रिय