३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको अदालतका श्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले जानकारी दिए ।
उनका अनुसार चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो।
यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ। सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ।
त्यस्तै, फरार २१ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ भने अन्य आरोपीले सफाइ पाएका राणाले जानकारी दिए।
सिफारिस
लोकप्रिय



