• vacancy ad
  • मुद्दाको सुनुवाइले नेतृ सुकीको स्वास्थ्यमा असर : वकिल

  • Ad Space available
  • एजेन्सी। म्यानमारकी नेत्री आङ सान सुकीको स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुदाँ पीडा भएको उनको वकिलले बताएका छन्।

    देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार जुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीया वृद्धा सुकीलाई देशद्रोहदेखि अवैध रूपमा वाकीटकी आयात गरेकालगायतका आरोप लगाइएको छ ।

    ad space

    उनले आफ्नो स्वास्थ्यको कारणले हप्तामा एक दिनको सट्टा हरेक दुई हप्तामा सुनुवाइको लागि निवेदन दिएको उनका वकिल खिन माउङले बताएका छन्। न्यायाधीशले उनको अनुरोधमा अर्को हप्ता निर्णय लिने वकिल माउङले बताएका छन्।

    गत हप्ता उनीविरुद्ध भ्रष्टाचारको नयाँ आरोप लगाइएपछि नोबेल पुरस्कार विजेतालाई सुकीलाई सेनाले राजधानी घोषणा गरेको शहर नेपिडको अदालतमा उपस्थित हुनुपर्ने भएको छ ।

    विद्रोह भएको आठ महिनापछि, जुन्ता फौज र कू विरोधीहरु बीचको झडप बढ्दै गएको छ । एक स्थानीय अनुगमन समूहकाअनुसार सुरक्षाबलले विद्रोहपछि एक हजार १०० भन्दा बढी नागरिकको हत्या गरेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय