• vacancy ad
  • अनियन्त्रित भएकाे चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

  • Ad Space available
  • बेइजिङ। चीनको लङमार्च ५बी रकेटका भग्नावशेष हिन्द महासागरमा खसेको चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले जनाएको छ।

    गत अप्रिलमा प्रक्षेपण गरिएको सो रकेटले अन्तरिक्षमा चीनको पहिलो स्टेशन बनाउन मद्दत गर्ने लक्ष्य राखिएको थियो।

    कार्यालयका अनुसार चाङ झेङ ५बी नामको रकेट पृथ्वीको वायुमण्डलमा यही मे ९ तारिखको बिहान १० बजेर २९ मिनेटमा पुनः प्रवेश गरेको थियो। सो रकेट हिन्द महासागरमा माल्दिभ्स नजिक खसेको थियो।

    पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ उक्त रकेटको अधिकांश भाग आगो लागेर ध्वस्त भइसकेको थियो।

    गत बुधबार अमेरिकी रक्षा मन्त्रालयले अनियन्त्रित भएको चिनियाँ रकेटको आफूहरुले ट्र्याकिङ गरिरहेको जनाएको थियो। मन्त्रालयले यही साता उक्त रकेटका अवशेष पृथ्वीमा खस्ने बताएको थियो।

    शुक्रबार चीनले विज्ञहरुले चासो देखाए पनि अनियन्त्रित रकेटबाट पृथ्वीमा कुनै असर नपर्ने दाबी गरेको थियो।

    सिफारिस
    लोकप्रिय